वर्तमान सरकार बहुआयामिक रूपमा असफल : प्रदीप ज्ञवाली

admin

काठमाडौं,माघ ७ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले बर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताउनु भएको छ ।

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले मुुलुकका सवै अंगहरु फेल भइसकेको र सरकार पूर्णरुपमा असफल भएको बताउनुभएको हो ।

उहाले बर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भुमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताउनुभयो । उहाले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाउनुभयो ।

ज्ञवालीले भारतसंग हालै भएको सम्झौताले नेपाललाई दिर्घकालीन रुपमा असर पर्ने जिकिर गर्नुभयो । नेता ज्ञवलीले बचतकर्ताको पैसा हिनामिना गर्ने संचालकलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाले नेता ज्ञवालीले सहकारी पिडितहरुको पैसा सरकारले तिर्नुपर्छ भन्नु गैर जिम्मेवार कुरा भएको बताउनु भयो ।

प्रतिक्रिया