काठमाडौं,माघ १० : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुन्यतिथिको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा बिभिन्न प्रकारको बिभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवै जनताहरुलाई समान व्यवहार हुनुपर्ने उहाले बताउनुभयो ।
उहाले सवै जनताहरुले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गर्नुभयो ।