काठमाडौं,माघ १० : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताउनुभएको छ ।
स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुन्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले देशलाई एकल चलाइएको चन्दै े बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताउनुभएको हो ।
उहाले नेपाल मधेशी, जनजाती, थारु, खस आर्य सबैको देश भएको अभास हुनुपर्ने धारणा राख्नुभयो । महत्तोले आफ्नो अधिकार, पहिचान, सभ्यता संस्कृतिको रक्षाका लागि उत्पीडनमा परेका सबै एकतावद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अन्य सहभागीहरुले स्वर्गीय नेता सिंहको सम्झना गर्दै उहाको योगदानबारे चर्चा गरेका थिए ।