आहा रारा गोल्डकप : विभागीय आर्मी क्वाटरफाइनल प्रवेश

admin

काठमाडौं,माघ १० : विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा स्थान बनाएको हो । आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे ।

भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । यसअघि थ्री स्टार क्लब आयोजक सहारा क्लबलाई हराउँदै क्वाटर फाइनलमा पुगिसकेको छ । बिहीबार मछिन्द्र र जावलाखेलबीच खेल हुनेछ ।

प्रतिक्रिया