नेपाल विद्यार्थी संघले रोबोट प्रतियोगीता गराउने

admin

काठमाडौं,माघ १० : नेपाल विद्यार्थी संघले व्याटल अफ टाइटनस्–टु रोबोट्स प्रतियोगीता आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको जनाएको हो ।

माघ १३, १४ र १५ काठमाडौँस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन हुने उहाले बताउनुभयो ।

अध्यक्ष शेर्पाले सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहले रू तीन लाख ५० हजार, दोस्रो हुनेले रू एक लाख ५० हजार प्राप्त गर्ने नेविसंघले जनाएको छ ।

प्रतिक्रिया