बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

admin

काठमाडौं,माघ ११ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर शाह जारी मतदानमा सहभागी हुन नसक्ने उनको सचिवालयले जानकारी दिएको हो।

‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने । यसअघि मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा पनि बालेन्द्रले मतदान गरेका थिएनन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशका ४ सिटका लागि हेटौँडामा अहिले मतदान भइरहेको छ। एमालेबाट निर्वाचित काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन्। बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया