प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

admin

काठमाडाैं । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ ।

माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको बिमोचन श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराज महाराज जीको हातबाट भएको थियो ।

प्रणामी सिंगिङ् आईकन, भाग–१ नामक एल्वममा प्रणामी सिँंगिङ् आईकनका फाईनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के.सि. र गुञ्जन दाहाल साथै प्रणामी सिंगिङ् आईकनका निर्णायक शारदा अधिकारी र सबिता सापकोटाको स्वर रहेको छ । प्रणामी सिंगिङ् आईकन, भाग–२ सिम्रन गुरुङ नामक एल्वममा प्रणामी सिंगिङ् आईकनकी विजेता सिम्रन गुरुङको एकल स्वर रहेको छ । दुई वटै एल्बममा संगीत संयोजन नवीन कुमार तिमल्सिनाको रहेको छ ।

उक्त विशेष कार्यक्रममा प्रणामी अनलाईन क्विज सिजन १ को पनि निकै रोचक ढंङ्गबाट फाईनल कार्यक्रम गरिएको थियो । कार्यक्रममा झापाका प्रान्जल घिमिरे प्रथम, ललितपुरका वीर देव सिंह दोस्रो र ललितपुरबाटै प्रमोद थापा तेस्रो भएका थिए ।

श्रीकृष्ण प्रणामी समाजको एकै साथ दुईवटा धार्मिक सांगितिक एल्बम विमोचन र प्रणामी समाजको एक पृथक कार्यक्रम प्रणामी अनलाईन क्विजको पहिलो सिजनको समापन भएको यो गौरव र खुसिको क्षण भएकोले सहयोगी प्रत्येक व्यक्ति, संघ संस्थालाई कार्यक्रम व्यवस्थापन प्रमुख भोला दाहाल एव्ं कार्यक्रम प्रमुख नवीन कुमार तिमल्सिनाले विशेष धन्यवाद एवम् आभार प्रकट गरेका थिए ।

प्रणामी अनलाइन क्विजकाे पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले गरेका थिए । प्रणामी समाजमा रहेका प्रतिभाहरूलाई एक्सपाेज गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे क्विजकाे पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले जनाए ।

प्रतिक्रिया