मछिन्द्रलाई स्तब्ध पार्दै जावलाखेल आहारारा गोल्डकपको क्वार्टरफाइनलमा

admin

काठमाडौं,माघ ११ : मछिन्द्र क्लवलाई पराजित गर्दै जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालमा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले एकमात्र निर्णायक गोल गरेका थिए । हिसुबले खेलको ३८ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ अगाडी बढेको अवस्थामा उनलाई विट गर्दै खाली पोस्टमा गोल गरेका हुन् ।

प्रिक्वार्टरफाइनल अन्तर्गत शुक्रबार विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच प्रतिष्पर्धा हुने छ । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया