काठमाडौं,माघ ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले काठमाडौंको शंकरापुर नगरपालिकास्थीत वडा नंवर १ मा पर्ने सडकको अवस्था तत्काल सुधार गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौं क्षेत्र नंवर २ अन्तर्गत पर्ने सो क्षेत्रको सडकको निरिक्षण गर्दै तत्काल सडकको अवस्था सुधार गर्नुपर्ने र यसका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको हो ।
उहाले तल्लो र माथिल्लो नाङ्लेभारेबीचमा रहेको सडक भासिएका कारण वस्ती नै जोखिममा रहेकाले दिर्घकालिन रुपमा नै मर्मत गर्नुपर्ने बताउनुभयो ।
बर्षायाममा पहिरो जाने खतरा देखिएकाले आफुले समन्वय गर्न खोज्दा संघले प्रदेश र प्रदेशले संघलाई देखाउने गरेको उहाले बताउनुभयो । सांसद गौतमले प्राविधिक सहित सडकको निरिक्षण गरिएकाले सरकारलाई ध्यानाकर्षण गराउन सहज हुने जिकिर गर्नुभयो ।
त्यस्तै रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले बिभिन्न बिकासे आयोजनाहरुको निर्माणमा भएका ढिलासुस्तीका कारण नागरिकले दुख पाउने भएकाले सरकारलाई खवरदारी गर्ने उदेश्यले निरिक्षण गरिएको बताउनुभयो । उहाले सडकलाई दिर्घकालीन रुपमा बलियो बनाउन ध्यानाकर्षण गराउने धारणा राख्नुभयो ।
त्यस्तै स्थानीयहरुले घरमाथिको सडक भासिदा तल्लो क्षेत्रमा रहेका बस्तीहरु जोखिममा रहेको र आवतजावतमा समेत समस्या हुने गरेको गुनासो गरेका थिए । स्थानीयहरुले सडक पटक पटक भासिएका कारण उचित ढंगले मर्मत संभार हुनुपर्ने जनाएका छन् ।