संसदमा भिडन्त, एकजना सांसद घाइते

admin

माले, १५ माघ । माल्दिभ्सको संसदमा भिडन्त भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो ।

माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन । सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो ।

समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पु¥याउने प्रयास भएको बताए

प्रतिक्रिया