एकीकृत भन्सार जाँच चौकीको निरीक्षणमा पुगे पूर्वमन्त्री पौडेल

admin

काठमाडौं, १७ पुस : पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको भैरहवामा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

बुधबार निरीक्षण गदै पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताउनुभयो ।

पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताउनुभयो ।

नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो ।

प्रतिक्रिया