अबदेखि बजेट बनाउने तरिका बदल्छौं: प्रधानमन्त्री

admin

काठमाडौं, २‍० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले नेपाल सरकारले अवदेखि बजेट बनाउने तरिका बदल्ने बताउनुभएको छ ।

शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले बजेटको प्रभावकारी कार्यान्वयन गर्न अव सरकारले बजेट बनाउने तरिका बदल्ने बताउनुभएको हो ।

आगामी जेठमा आउने आर्थिक बर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोड भन्दा कम लागतका योजनाहरु संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उहाले बताउनुभयो ।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाले शान्तिप्रक्रियाका केही कामहरु राजनैतिक दलहरुको सहमतिमा टुङ्ग्याइने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया