गठबन्धन सरकारले देशमा बेथिति निम्त्यायाे : केपी ओली

admin

काठमाडौं, २‍० माघ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताउनुभएको छ ।


शनिबार काठमाडौंमा टुँडिखेलमा युवा महोत्सव, २०८० को उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा रोजगारीका अवसर नहुदा युवाहरु विदेशीन बाध्य हुदा पनि सरकारको देशप्रति चिन्ता र ध्यान नरहेको बताउनुभएको हो ।

सरकार रेमिटेन्स आइरहेकोका खुसी मनाइरहेको भन्दै ओलीले रेमिटेन्सले चलेको अर्थतन्त्र जस्तो धराप अरु हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाले मुलुकमा लाखौ पर्यटकहरु भित्राउने भनिएपनि पूर्वाधारमा समेत ध्यान दिन नसकेको बताउनुभयो ।

अहिलेकै अवस्था रहे २० लाख पर्यटक भित्राउन सम्भव नहुने उहाले बताउनुभयो । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन महोत्सव आयोजना गरिएको नेकपा एमाले काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया