रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु

admin

काठमाडौ, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानको सुरुआत गरेको छ । आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि लामिछानेले शुभारम्भ गर्नुभयो ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा बिकासे योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाइएको छ । उक्त योजनाको अनुगमन, ढिलासुस्तीको कारण पहिचान गर्न टोलि समेत बनाइएको छ ।

टोलीलाई सभापति लामिछानले व्यानर हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा सभापति लामिछानले अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि दबाब अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाले आयोजनाहरु समयमा नै सम्पन्न नहुने समस्याको ज्ञापन पत्र नभई समाधानसहितको पत्र सरकारलाई बुझाएर जनतालाई जानकारी दिने बताउनुभयो । उहाले मुलुकको परिवर्तनका लागि नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने धारणा राख्नुभयो । अभियानका क्रममा रास्वपाले पार्टीको एउटा पनि झण्डा प्रयोग नगर्ने उहाले जानकारी दिनुभयो ।

त्यस्तै रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले आन्तरिक वेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न रास्वपाले दवाव अभियान सुरु गरेको बताउनुभयो । उहाले ८४ मा रास्वपाको सरकार आएपछि सबै बिकृति बढार्ने दावी गर्नुभयो ।

वाग्लेले दवाव अभियानबाट आएका निष्कर्षहरुलाई संसद र संसदीय समितिमार्फत छलफलमा लैजाने जिकिर गर्नुभयो । अवको संसद अधिवेशनमा सरकारले बिजनेस दिन नसके रास्वपाले आफ्नै विधेयक ल्याएर दर्ता गर्ने उहाले बताउनुभयो ।

अभियानका अन्तर्गत आइतबार नै मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्रा सुरु गरिएको थियो । पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया