गठबन्धन गलत भन्ने सुझाव आयो : गगन थापा

admin

काठमाडौ, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संबाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताउनुभएको छ ।

आइतबार चितवनमा आयोजित नागरिक संबाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताउनुभएको हो ।

अभियानका क्रममा गठबन्धनका बिषयमा आएका सुझावलाई अव पार्टीको दस्ताबेजमा लेख्न सकिने उहाले बताउनुभयो ।

उहाले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राख्नुभयो ।

नागरिक संबादका क्रममा बिकास योजना, बजेट लगाएतका बिषयमा सुझाव लिइरहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया