काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजिविकासम्बन्धी विधेयकहरुलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताउनुभएको हो ।
त्यस्तै उहाले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानूनहरुलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सरकारले जनचासोका बिधेयकहरु सदनमा ल्याउन नसके रास्वापाका सांसदहरुले निजि विधेयकहरु सदनमा लैजाने उहाले बताउनुभयो । उहाले सदनलाई जनउत्तरदायि बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने धारणा राख्नुभयो ।