म फरार भएको छैन : ज्ञानेन्द्र कार्की

admin

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका सांसद एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफू मिडियामा आएजस्तै फरार नभएको स्पष्ट पार्नुभएको छ ।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको बिषयमा सांसद कार्कीले आफु फरार रहेको बिषयमा सत्यता नरहेको बताउनुभएको हो ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिदै उहाले यस बिषयमा अरु केहि नबोल्ने भन्दै स्वस्थ पत्रकारिता गर्न सुझाव दिनुभएको थियो ।

सो प्रकरणमा अरबौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।

प्रतिक्रिया