हालै ब्रेकअप भएर तनावमा रहेकी गायिका एलिनालाई लाग्यो चोरीको आरोप

admin

हालैमात्र प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएर तनावमा रहेकी गायिका एलिना चौहानलाई चोरीको आरोप लागेको छ । अष्ट्रेलियामा रहेका गायक विष्णुले धोका दिएर अष्ट्रेलिया गएपछि तनावमा रहृकी गायिका एलिनालाई फेरी चोरीको आरोप लागेको हो ।

यो आरोप एलिनालाई मात्रै नभई निर्माता र यसका कलाकधारहरुले पनि खेपीरहेका छन् । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् ।

आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको भनाई छ । इन्स्टाको फोटो, मिनिरल वाटर, कुरा काट्ने मान्छेले काटुन लगायतका कैयौँ हिट गीत दिएकै बेला एलिनाको ‘कट्टा हानिदिन्छु’ ले गज्जबको चर्चा कमाइरहेका बेला एकाएक चोरीको आरोप लागेको हो । ‘मेरो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु ।

धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने छ,’ गायक कार्कीले भने ‘एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने छ ।’ कार्कीले गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको बताए ।

आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताए । ‘गीतको केही शब्द मिलेको हो । शब्द कसैको पनि व्यक्तिगत पेवा हुँदैन’, रायमाझीले भने ‘मेलोडी, भाका मिल्यो भने मात्र कपी भन्न मिल्छ ।’ आफ्नो गीतको मेलोडी भाका सबै कार्कीको गीतभन्दा फरक रहेको रायमाझी सुनाउँछन् ।

तर रायमाझीको कुरासँग गायक कार्की भने असहमति जनाउँछन् । रायमाझीको गीतसँग केही शब्द मात्र नभएर बिटसमेत मिलेको दाबी गर्छन् । भन्छन्, ‘मेरो गीत २ बाई ४ को बिटमा छ । उहाँहरूको गीतको बिट पनि उही हो । के यो संयोग हुनसक्छ र ? हुन त यो गीतको भिडियो कार्कीले भन्दा रायमाझीले केही दिन अगाडि सार्वजनिक गरेका हुन् । त्यो हिसाबले पनि दर्शकलाई एलिनाको गीत पहिले आएको जस्तो लाग्छ । भिडियो बनाउन ढिलो भए पनि गीत रेकर्ड एक वर्ष अगाडि भएको र अडियो मात्र डिजिटल प्लेटफर्ममा रायमाझीको भन्दा धेरै पहिले आफूले ल्याएको गायक कार्की सुनाउँछन् ।

‘६–८ महिना पहिले रेकर्ड भएको गीतको भिडियो किन पहिले आएन भनेर रायमाझीले भन्नु भएको छ । हो, मैले गीतको भिडियो बनाउन ढिलो गरे । त्यसमा मेरो विभिन्न कारण होला,’ कार्कीले थपे ‘भिडियो आएन भन्दैमा पहिले रेकर्ड भएर अडियो सार्वजनिक भैसकेको गीत मेरो हुँदैन र भन्न मिल्छ र रु’ आफ्नो गीतको अडियो करिब ८ महिना अगाडी सार्वजनिक भएको कार्कीले खुलाए ।

रायमाझीले सार्वजनिक गरेको गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् । यस विषयमा अर्यालसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । तर रायमाझीले भने नेत्र अर्यालले यो गीत ४ वर्ष पहिले नै लेखेको दाबी गर्छन् । ‘पहिले गीतमा ढुङ्गा हान्दिन्छु थियो । अहिले कट्टा हानिदिन्छु बनाएको हो’, रायमाझीले थपे ‘गीत कपिराइटमा पनि दर्ता गरिसकेको छु ।

गीत तीन महिना पहिले कपिराइटमा दर्ता गरेको छु ।’ गीत कपी भएको भए दर्ता नै नहुने रायमाझीले बताए । ‘कपिराइटमा दर्ताको प्रमाण चाहिन्छ भने पेस गर्न तयार छु,’ रायमाझीले अगाडि भने ।

गायिका एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

त्यस्तै गायक कार्कीको स्वर रहेको गीतमा कार्की जी ९सुवास० र मेगेन्द्र सुवेदीको शब्द तथा कार्कीजीको संगीत छ । गीतको भिडियोमा राजेन्द्र खड्गी, जयकिसन बस्नेत, दीपा शाही लगायतको अभिनय छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया