शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरले हटायो

admin

काठमाडौं, २३ माघ । काठमाडौं महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरुलाई हटाएको छ ।


मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरुको सवै सामानहरु निकालेर उनीहरुलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न समूहहरु शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केहि समूह सोहि स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए ।

शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ । धर्नाका बसेकाहरुले भने महानगरको कदमको विरोध जनाएका छन् ।

राज्यलाई आफुहरुको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना जानकारी हटाइएको उनीहरुको भनाइ छ । उनीहरुले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन् । धर्नामा बसेकाहरुलाई हटाएपछि महानगरले शान्तिबाटीकामा ताला लगाएको छ ।

प्रतिक्रिया