जापानले नेपाल जुडो संघलाई दियो २४० जुडो पोशाक

admin

काठमाडौं, २३ माघ । जापान सरकारले नेपाल जुडो संघलाई जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ ।


मंगलबार काठमाडौंस्थीत जापानी दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले संघलाई दुई सय ४० थान जुडो पोशाक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा राजदूत किकुताले जापान जुडो फेडेरेसनको सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई मद्धत पुग्ने बताउनुभयो ।

त्यस्तै नेपाल जुडो संघका अध्यक्ष अध्यक्ष दीपक बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताउनुभयो ।

प्रतिक्रिया