राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको छ: रवि लामिछाने

admin

काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कव्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताउनुभएको हो ।

उहाले आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको भन्दै आफ्नो दलमा रहेका दोहनकारीलाई कारवाही गर्न कसले रोक्यो भन्दै प्रश्न गर्नुभयो ।

लामिछानले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि नवोलाउने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने धारणा राख्नुभयो ।

सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्न भन्दै उहाले संसदले क्यालेन्डर बनाएको प्रति आभार व्यक्त गर्नुभयो ।

उहाले सहकारी क्षेत्रमा देखिएको बिकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार रहेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया