माधव नेपालले अब कुनै हालतमा चुनाव जित्दैनन् : केपी ओली

admin

काठमाडौँ, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कोपल्ट माधव नेपालले चूनाव नजित्ने बताउनुभएको छ ।


बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई अव जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चूनाव नजित्ने बताउनुभएको हो । माधव नेपालको चर्को आलोचना गर्नुभएका ओलीले विदेशी र प्रतिक्रियाबादीहरुको मतियार भएर अरुको सरकार बनाउदै पछि पछि हिडेको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गर्नुभयो ।

माधव नेपालले आफुसंग बोलचाल छैन भन्दै हिडेको उल्लेख गर्दै ओलीले त्यसले आफुलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासंग बोल्न बन्द गर्न सुझाव दिनुभयो । त्यस्तै उहाले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरुलाई समेत अवरुद्ध गरेको जिकिर गर्नुभयो ।

उहाले जनताको आशा अपेक्षा अनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा बिभिन्न दल आवद्ध कार्यकताहरु एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया