त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा दिन सरकारलाई निर्देशन

admin

काठमाडौं, २८ माघ : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन बिमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकल परिमार्जन गर्न निर्देशन दिएको छ भने भिसा समस्या देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उहाले बताउनुभयो ।

बैठकले मानव तस्करी नियन्त्रण गर्न निर्दशन , भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलव्ध गराउन र सडक माग्नेलाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया