जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

admin

काठमाडौं, २९ माघ । शंखरापुर नगरपालिका-७ साँखुस्थित सोही नगरपालिका-१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका- ८ कंचन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया