मेलम्ची खानेपानीमा भ्रष्टाचार, भीम उपाध्यायसहित १८ जनामाथि मुद्धा दायर

admin

काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरु भीम उपाध्यायसहितका ३ जनाविरुद्ध विशेष अदालतलमा मुद्दा दायर गरेको हो ।


पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङ लगायतहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीम उपाध्यसँग बिगो पापत ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ असुल गर्न अख्तियारले माग गरेको छ ।

मेलम्ची खानेपानीका अध्यक्ष र नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलगन् रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायको माग अख्तियारले गरेको छ ।

प्रतिक्रिया