आज २०८० साल फागुन ८ गते मंगलबारको राशिफल हेर्नुहोस्

admin


मेष : दैनिकी राम्रो छ। तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। परिवारमा विश्वासको खडेरी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृष : गुम्न लागेको धन हात लाग्ने योग रहेको छ। साथी सकारात्मक छन्। लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ।

मिथुन : समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ। अचानक रोगको प्रकोप बढ्नसक्छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कट : दैनिकी राम्रो छ। संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारले राम्रो साथ दिनेछन्। लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ।

सिंह : दैनिकी राम्रो छ। श्रमको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाएमा आफ्ना कामको विरोध हुने देखिन्छ।

कन्या : दिन राम्रो छ। पारिवारिक घुमघामको समय छ। ज्ञान र सीप भएका साथीको साथ रहनेछ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धीको आवाज शान्त रहेको छ। स्वस्थ्यमा सुधार हुनेछ।

वृश्चिक : समय सामान्य छ। एउटा गलत कामको पर्खाइमा समाज लागि परेको देखिन्छ। बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ। गणेशको भजन सुन्नु राम्रो हुन्छ। दुबो चढाएमा दिन सफल बन्नेछ।

धनु : दिन राम्रो छ। गलत बाटो हिँड्नुभयो भने साथीले सच्याउने छन्। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। झुटो आरोप लाग्नसक्छ। मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा विवाद हुनेछ। धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। आफूले आफ्नो विरोध सुन्नुपर्ने योग छ। परिवारमा एक्लो भएको महसुस हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। भजन गर्नाले धेरै समस्याको समाधान हुनेछ।

मीन : दिन राम्रो छ। लगानीबाट सन्तोष मिल्नेछ। शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया