गठबन्धनको एकमात्र एजेण्डा एमालेको बदनाम गर्नु: अध्यक्ष ओली

admin

काठमाडौं, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रीत भएको बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार पार्टीको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता र मुलुकका मुद्धामा गठबन्धन केन्द्रीत नरहेको र नितान्त एमालेको विरुद्ध केन्द्रीत रहेको बताउनुभएको हो ।

एमालेमाथिको प्रहार लोकतान्त्रीक अभ्यासबाट शान्तिपूर्ण तवरले प्ररास्त गर्ने उहाले बताउनुभयो । ओलीले देशका लागि असफल भइसकेको गठबन्धनकै कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको आरोप लगाउनुभयो ।

जनतामा रहेका असन्तुष्टिलाई दक्षिणपन्थी प्रतिक्रियावादी भित्रि र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको उहाले बताउनुभयो ।

सक्कली राजतन्त्र ५८ साल जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गर्नुभयो । उहाले जनआन्दोलनको रापतापले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको धारणा राख्नुभयो ।

अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै स्वतन्त्र पार्टी भन्नेहरु जन्मिएको र असफलत गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेको उहाले बताउनुभयो ।

ओलीले एमालेकाबिरुद्ध झुटो लान्छना लगाउने कामले देशका लागि कोहि छैन भन्ने भास्य सिर्जना भएको जिकिर गर्नुभयो ।

उहाले गठबन्धनले आफुसंग देशलाई डुवाउन खोजेको भन्दै एमालेले देशलाई जोगाउदै सुशासन र बिकासलाई अघि बढाउनुपर्ने बताउनुभयो । ओलीले शान्तिप्रक्रियाका कामलाई पिडितलाई न्यायदिने गरि छिटो भन्दा छिटो टुङ्गोमा पुराउनुपर्नेमा एमालेको जोड रहेको पनि बताउनुभयो ।

त्यस्तै ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको भन्दै यस बिषयमा अदालतले गरेको फैसलालाई लिएर विरोधीले प्रचार गर्न खोजेको बताउनुभयो ।

फाल्गुन १० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेन्डा तथा समसामयिक प्रस्तावमाथि छलफल भइ निष्कर्ष निकाल्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया