प्रकाश ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुको मसाल जुलुस

admin

काठमाडौं, ९ फागुन । भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै एमाले निकट अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बालकुमारी घटनाको प्रतिबेदनले दोषि देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले वर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुले बुधबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र कलेज अगाडी मसाल जुलुस प्रदर्शन गरेको हो ।

उनीहरुले प्रकाश ज्वालालाई कारवाही गर, बालकुमारी घटनाको प्रतिबेदन सार्बजनिक गर लगाएतका नारा लगाएका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालकुमारी घटनाको प्रतिबेदन लुकाएर दोषी मन्त्रीलाई बचाउन खोजिएको बताउनुभयो । उहाले मन्त्रीलाई बर्खास्त नगरेसम्म सडक नछाड्ने स्पष्ट पार्नुभयो ।

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिवेदन अध्ययन गरि दोषिलाई कारवाही गर्ने बताउदै आउनुभएको छ ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । उक्त घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको थियो ।

प्रतिक्रिया