शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर लाग्ने छु : मन्त्री बस्नेत

admin

काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि गरेको बताउनुभएको छ

बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्याश गर्दै मन्त्री बस्नेतले आफु शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि लागि गरेको भन्दै राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने समेत बताउनुभयो ।

संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उहाले बताउनुभयो ।

त्यस्तै उहाले चिकित्सा शिक्षा ऐन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर दावी गर्नुभयो ।

बिहिवार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया