विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : ओली

admin

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उहाले अहिलको अवस्थामा बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको हो ।

एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ ।

अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गर्नुभयो । समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने संचारकर्मीको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया