काठमाडौं, १४ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज पीडितका नाममा खेल्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिन सरकार लागिपरेको भन्दै अहिले उनीहरुका नाममा खेल्ने काम भइरहेको टिप्पणी गर्नुभएको हो ।
अहिलेसम्म साढे पाँच हजार मिटरव्याजी पीडितलाई न्याय दिने काम भइरहेको भन्दै उहाले अन्यलाई पनि हरहालतमा न्याय दिने जिकिर गर्नुभयो ।
मिटरव्याजसम्बन्धी आयोगको दुई पटक म्याद थपिएपछि बिघटन गरिएको, सवै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाले जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षमा न्याय हुनेगरि मेलमिलापमा जोड दिने र त्यसो हुन नसके अनुसन्धान गरेर अभियोजनमा जान सक्ने बताउनुभयो ।
उहाले पिडितलाई हर हालतमा न्याय दिने दिशातर्फ सवै लाग्नुपर्ने समेत बताउनुभयो ।