लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर छ : अर्थमन्त्री डा. महत

admin

काठमाडौं, १४ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।

लघुवित्त र मिटरव्याज पीडितहरुले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत नियमन गरिने भन्दै लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो ।

उहाले लघुवित्तको दुरुपयोग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने र ऋण लिएकाहरुले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राख्नुभयो । संसद भित्र र संसद बाहिर पनि लघुवित्त पीडितको माग प्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने बिकल्पहरुमा सरकार गम्भीर रहेको बताउनुभयो ।

हिजोको दिनमा सहकारी लघुवित्तमा अथाह ऋण प्रवाह गरेको र कोभिडको अवस्था भएकाले ऋणीहरु समस्यामा परेको उहाले बताउनुभयो ।

प्रतिक्रिया