गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

admin

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा अख्तियारका पदाधिकारीसंग छलफल गर्दै समितिले आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरि कार्यसम्पादन गर्न अख्तियारलाई निर्देशन दिएको हो ।

बैठकले अख्तियारले अनुसन्धान गर्ने क्रममा सूचना आदान प्रदान गर्न बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुने भएकाले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय गरि सदनबाट अनुमोदन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै समितिले अख्तियारले सुरु गरेको अनुसन्धान ढिलो हुदा नागरिकका आशंका उत्पन्न हुने भएको सो बिषयलाई मध्यनजर गरि अनुसन्धानलाई समयमा नै निष्कर्षमा पुराउन अख्तियारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया