आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

admin

मेष : दैनिकी राम्रो छ । मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ । अरुलाई विश्वास गर्नु धोखा हुनेछ । श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्ममा मन जानेछ ।

मिथुन : दिन राम्रो छ । अचानक हुनसक्ने जोखिम टर्ने योग छ । परिवारको साथ मिल्नेछ । विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ ।

कर्कट : दिन सामान्य छ । तपाईंको राम्रो कामलाई लुकाएर एउटा नराम्रो कामको खोजी हुनसक्छ । आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ । परिवारबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ । परिवारमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ ।

कन्या : समय राम्रो छ । चन्द्रमा दाहिना छन् । हिम्मत गर्नुभयो भने लक्ष्यमा पुग्ने दिन छ । ठुलो लगानी गर्ने समय आएको छ । परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ ।

तुला : दिन राम्रो छ । आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिलनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानकिो अवसर जुट्ने देखिन्छ । हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ ।

वृश्चिक : समय सामान्य राम्रो छ । शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन् । अचानक रोग बढ्ने जोखिम छ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ ।

धनु : दिन राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । परोपकार गर्नु राम्रो हुनेछ । लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन सामान्य छ । हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ । परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ ।

कुम्भ : दिन सामान्य छ । आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ । आज हरेक क्षेत्रमा विवाद हुनसक्छ । शिवको दर्शन गरेर कामको सुरुवात गर्नु रामे हुन्छ । परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

मीन : अचानक धन खर्च हुने योग छ । खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । मनमा उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमो गरेको लगानीले खुशी दिनेछ ।

प्रतिक्रिया