पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो वाफ च्याम्पियनसिप

admin

काठमाडौँ, १८ फागुन । जोर्डनले पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधि जितेको छ ।

जोर्डनले पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । नेपालकी अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन् ।

जोर्डनले वाफको उपाधि जितेको यो छैटौं पटक हो । फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

निर्धारित ९० मिनेटको खेलमा नेपाल र जोर्डन २-२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । नेपालले खेलको इन्जुरीसमयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

यस अघि नेपालले खेलको २८औं मिनेटमा शुरुवाती गोल गरेपनि खेलको ७६औ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरी गरेको थियो भने खेलको ८८औ मिनेटमा दोस्रो गोल गरेको थियो । नेपालका लागि सबिता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् ।

प्रतिक्रिया