कांग्रेसका ४ राष्ट्रियसभा सांसद बिदा हुँदै, प्रभावकारी भूमिका निर्वाह गरेको दाबी

admin

काठमाडौं, २० फागुन। नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको ६ बर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

६ बर्षे कार्यकाल पुरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनि प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभएको हो । उहाले सरकारले समयमा नै विधेयकहरु नल्याउदा कानून निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको धारणा राख्नुभयो ।

सरकारले ल्याएका विधेकहरुलाई राष्ट्रिय सभा संसदीय दलले आन्तरिक छलफल गरि आवश्यकता अनुसार संशोधन पनि दर्ता गरेको उहाको भनाइ छ । उहाले संक्रमणकालीन न्याय, निजामती ऐन लगाएत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउदा दुःख लागेको बताउनुभयो ।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताउनुभयो । राष्ट्रिय सभाबाट कांग्रेसका तर्फबाट चार जना सदस्य ६ बर्षे कार्यकाल पुरा गरि विदा हुदैछन् ।

प्रतिक्रिया