एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई गुण र दोषका आधारमा सहयोग गर्ने

admin

काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्रीको कदमका बिषयमा गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल निवास कोटेश्वरमा बसेको समाजवादीको आकस्मीक सचिवालय बैठकले प्रधानमन्त्रीको कलम अप्रत्यासित भएको निष्कर्ष निकाल्दै गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिडाले जानकारी दिनुभयो ।

नयाँ समिकरणको उदेश्य,प्रक्रिया र संरचना अझै स्पष्ट नभएको भन्दै प्रधानमन्त्रीले लिएको निर्णयका उदेश्य,प्रक्रिया र संरचनाका बारेमा सवै बिषय अगाडी आएपछि तिनको गुणदोषका आधारमा आफ्ना नीतिहरु स्पष्ट पार्ने प्रवक्ता खतिवडाले बताउनुभयो । उहाले प्रधानमन्त्रीको कदमले मुलुकका अन्यौल देखिएको बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नयाँ घटनाक्रमपछि पार्टी वेट एण्ड सि मा रहेको बताउनुभयो । उहाले आफ्ना पार्टी स्वतन्त्र र क्रान्तिकारी पार्टी भएकाले मुलुकमा समाजवादी क्रान्ति लागू गर्न लागिपरेको र यसका लागि बामपन्थी एकतामा जोड दिने बताउनुभयो ।

अहिले अरु पार्टीको बारेमा टिकाटिप्पणी नगर्ने उहाको भनाइ छ । त्यस्तै उहाले अहिलेको अवस्थामा पुरानो गठबन्धन टुटिसकेकाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु बिदा भएर आउने जिकिर गर्नुभयो ।

प्रतिक्रिया