सरकारलाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको निर्णय

admin

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।


पार्टी सभापति शेर बहादुर देउवा निवास बु्ढानिलकण्ठमा मंगलबार बसेको कांग्र्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले औपचारिक रुपमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको निर्णयले मुलुकलाई थप अस्थीरता तर्फ लगेको र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा ढकेलेको बैठकको निष्कर्ष रहेको उहाले बताउनुभयो ।

उहाले कांग्रेससंगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरु कपोकल्पीत भएको जिकिर गर्नुभयो ।

गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धता विपरित रहेको उहाको भनाइ छ । गठबन्धन परिवर्तन गर्ने कारण कांग्रेस नभएको उहाले स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया