सुनको भाउ इतिहासकै महंगो

admin

काठमाडौं, २४ फागुन । आज बिहिबार सुनको भाउ इतिहासकै महंगो भएको छ ।

बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १५ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २५ हजार रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७ हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकेको छ।

पछिल्लो समय सुनको भाउ लगातार बढी रहेको छ । पछिल्लो १० दिन भित्र सुनको भाउ करिब ८ हजार रुपैयाँ प्रतितोलाका दरले बढेको छ । विज्ञहरुले पनि सुनको भाउ निरन्तर बढ्ने बताएका छन् । विज्ञहरुले सुनको भाउ प्रतितोला १ लाख ७० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया