कांग्रेसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गर्दैन : विश्वप्रकाश शर्मा

admin

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पार्नुभएको छ ।

 

नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेपनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने भन्दै मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पार्नुभएको हो ।

उहाले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुलाई एक बर्ष काम गर्न दिएर समिक्षा गर्ने तयारी गरेपनि प्रधानमन्त्रीले हतारो गरेको बताउनुभयो ।

शर्माले जनताको चाहना र भावना अनुसारको मुद्दा लिएर कांग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस र एमालेलाई माओवादीले पटक पटक धोका दिएको भन्दै उहाले धोका दिएकाहरु एक ठाँउ आए बाँकी व्यवस्था आफै हुँदै जाने जिकिर गर्नुभयो ।

त्यस्तै शर्माले अहिले भएको गठबन्धन परिवर्तनको कदमले जनतामा नकारात्मक सन्देश गएको पनि बताउनुभयो ।

प्रतिक्रिया