मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक : मन्त्री महासेठ

admin

काठमाडौं, २६ फागुन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाले सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने भन्दै मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

उहाले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने जिकिर गर्नुभयो । बर्तमान सरकार मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको उहाको भनाइ छ ।

महासेठले अव मुलुकको अवस्था यसअघिको भन्दै सुधार हुँदै जाने बताउनुभयो । उहाले सरकारबाट हुन सक्ने सवै प्रकारको सहयोग नीजि क्षेत्रलाई गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनुभएको उल्लेख गर्नुभयो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली बजारको उत्पादनमा गिरावट आउनुको कारण पत्ता लगाई निजि क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाले स्वेदशी बस्तु र सेवाको बजारीकरणका लागि निर्ममता पूर्वक कारण खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्री लगाएतसंग मुलुकको अर्थतन्त्र र आर्थिक एजेण्डका बारेमा जानकारी दिन छलफल आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाले निजि क्षेत्रको प्रोटोकल निर्धारण गर्न माग गर्नुभयो ।

त्यस्तै प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै सरकारले निर्यातमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गर्नुभएको थियो ।

 

प्रतिक्रिया