काठमाडौं, २७ फागुन । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकेको जानकारी गराउनुभएको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराउनुभएको हो । उहाले निर्वाचनसम्बन्धी कायक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाइ निर्देशन समेत दिनुभयो ।
राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो ।