युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ : गगन थापा

admin

काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको दाबी गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीको कुर्सीमा बस्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए । उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे । डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने भन्दै महामन्त्री थापाले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरे । राजनीति विकृत बनाएका कारण पदको लोलुप्ता देखिने गरेको उनको भनाइ छ ।

‘हाम्रो ध्यान सरकार टिकाउन, बदल्नमै गएको छ । पूरै फोहोरी खेलमा गएको छ । अब अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि बन्नुभन्दा पहिलादेखि कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले । त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो,’ कांग्रेस महामन्त्री थापाले भने ।

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने धारणा राखे ।

प्रतिक्रिया