रास्वपाले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

admin

काठमाडौँ, फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उहाले बताउनुभयो ।

उपनिर्वाचनमा कुनैपनि दलसंग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताउनुभयो ।

उहाले सरकारको कार्यसम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका बिविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईले उपनिर्वाचनमा घण्टीको बलमा चूनाव लड्ने र पार्टीले जित हासिल गर्ने दावी गर्नुभयो । रास्वपाले इलाम २ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ । एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया