नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति बढ्यो : शेखर कोइराला

admin

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउदै गएकाले राजनैतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताउनुभएको छ ।

मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई कपोकल्पित आरोप लगाउदै गठबन्धन भत्काएको आरोप समेत लगाउनुभयो । उहाले नैतिकता विनाको राजनीतिको अर्थ नहुने भएकाले यस्तो राजनीति नगर्न नेताहरुलाई आग्रह समेत गर्नुभयो ।

नेपाली कांग्रेसको दस्तावेजमा माओवादीले भनेको कुरा राख्न नसकिने उहाले स्पष्ट पार्नुभयो । कोइरालो कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै अब संविधानमा रहेको निर्वाचन प्रणालीको प्रावधान संसोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा विशेष योगदान पु‍¥याउनु भएका दिनबन्धु गोयललाई १५ हजार र राजनैतिक क्षेत्रमा योगदान पुरायाउनु भएका पिताम्बर दाहाललाई २१ हजार नगद सहित सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया