राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

admin

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकारक्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगाएतका बिषयमा राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयन्त गर्ने समेत बताउनुभयो ।

उहाले चूनौतिलाइ अवसरको रुपमा लिएर काम गर्ने धारणा राख्नुभयो । राष्ट्रियसभाले गर्ने सवै भूमिकालाई प्रभावकारी बनाउन सवै दलहरुलाई एकतावद्ध भएर लैजाने उहाले बताउनुभयो । उहाले आफुलाई निर्वाचित गर्ने सवै सदस्यहरुप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया