लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ध्यान दिन्छु : अध्यक्ष दाहाल

admin

काठमाडौं, ३० फागुन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समानुपातिक र समावेशीतालाई संस्थागत गर्नका लागि ध्यान दिने बताउनुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै दाहालले अध्यक्षको रुपमा नाम मनोनयनको मितिदेखि नै मैले मेरो दलीय आवद्धता र संलग्नता त्याग गरेको भन्दै देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय सभाको अध्यक्षको रुपमा आफ्नो मुख्य ध्यान सदनको भूमिकालाई अभिबृद्धि गर्न तथा यसको गरिमा र मर्यादालाई माथि उठाउने कुरामा केन्द्रित हुने उहाले बताउनुभयो ।

उहाले पहिचानलाई संस्थागत गर्दै सभालाई कानून निर्माण र संसदीय निगरानीमा अझ प्रभावकारी बनाउने तथा जनसरोकारका विषयमा र संघीयताको सवलीकरणमा यो सभालाई केन्द्रित गर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रदेश र स्थानीय तहको अधिकारको संरक्षण गर्ने साथै तीनै तहहरूबीच समन्वय गर्ने सदस्यहरुको साथ र सहयोगले संघियताका नकारात्मक अफवाहलाई मेटाउन संभव हुने बताउनुभयो ।

उहाले विधि निर्माण, नियमावलीमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, संसदीय निगरानी तथा अनुगमन र मुल्यांकनलाई थप तथ्यपरक, अनुसन्धानमुलक, विश्वासनीय, सहभागितामूलक, एकरुपता र आधिकारीक बनाउन आवश्यक मापदण्ड तयार गरी कार्यान्वयन गर्नेतर्फ प्रयास रहने पनि बताउनुभयो ।

प्रतिक्रिया