काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एकबर्षमा तीनपटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थीरताको पक्षपाती भएको देखिएको बताउनुभएको छ ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा समेत प्रधानमन्त्री असफल देखिएको बताउनुभयो ।
उहाले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिका कारण भन्दा पनि अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण तीन पटक गठबन्धन परिवर्तन भएको अवस्थामा अहिलेको गठबन्धन पनि स्थीर हुन्छ भनेर भन्न नसकिने धारणा राख्नुभयो ।
पौडेलले सरकारमा जाने कुरामा दलहरुले प्रयास गर्नु स्वभाविक रहेपनि राष्ट्रिय राजनीतिलाई हेदा पटक पटक सरकार परिवर्तनले देशमा स्थीरता नदिने बताउनुभयो ।
उहाले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।