विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न एमालेको आग्रह

admin

काठमाडौं, १ चैत । नेकपा एमालेले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न सुझाव दिएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न सुझाव दिनुभएको हो । उहाले विनियोजन विधेयकमाथि सदनमा छलफल गर्नुको कुनै औचित्य नै नभएको जिकिर गर्नुभयो ।

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गर्नुभएकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउनुपर्ने उहाको भनाइ छ ।

तयस्तै उहाले उहाँले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले विनियोजन विधेयकमा पुरानै धरातलको निरन्तरता भएको बताउनुभयो । उहाले विश्व विकास परिवेशलाई मध्यनगर गरेर बजेट आउनुपर्नेमा जोड दिनुभयो । गएको बजेटमा संघीय रुपमा बजेट सवै स्थानमा पुग्न नसकेको अवस्थामा अहिलेको बजेटमा यस बिषयमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गर्नुभयो ।

त्यस्तै रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गर्नुभयो । उहाँले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको भन्र्द दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गर्नुभयो ।

 

प्रतिक्रिया