कांग्रेसको माग अनावश्यक, छानबिन समिति सम्भव छैन : ओली

admin

काठमाडौं, ६ चैत ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति के लागि बन्ने भन्दै सम्भव नै नरहेको बताउनुभएको हो ।

सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उतेजना देखाएर संसद अवरुद्ध गर्ने काम गरेको उहाले बताउनुभयो । ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षीको भूमिकाको आह्वान गर्नुभयो ।

त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो ।

प्रतिक्रिया